Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालको त्यो चट्टानी अडान ! एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बाध्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका तर्फबाट वर्तमान सरकारमा रहेका मन्त्रीहरू फिर्ता भएका छन् । नयाँ मन्त्रीहरू तीन साता अघि नै सिफारिस भइसकेका थिए ।

एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरू फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरूको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद् २२ दिनपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । तीन सातासम्म एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुँदा अनेक आशङ्का गरिए । आशङ्का गर्नुका पछाडि अनेकन् तर्क गरिए ।

एउटा तर्क थियो- संसद्मा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरूले जवाफ नदिई हेरफेर गर्नु उचित हुँदैन । यही तर्क सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

अर्को तर्क थियो- एउटा पार्टीबाट मन्त्री भएकाहरू फेरिँदा अर्को पार्टीलाई पनि असर पर्छ । खासगरी नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले यो तर्क गरेको थियो । तर, तर लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय अनुसार मन्त्री हेरफेर नगरे अपमानको रूपमा बुझ्ने चेतावनी दिएको थियो ।

पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको चट्टानी अडानका सामु प्रधानमन्त्री देउवा झुक्न पुगेका छन् । प्रधानमन्त्री देउवा तीन सातापछि भए पनि नेपालको निर्णय कार्यान्वयन गर्न बाध्य भए । तीन साताको अवधिमा एकीकृत समाजवादी बाहिरबाट मात्रै नभएर पार्टी भित्रैबाट समेत मन्त्री हेरफेर रोक्न खोजिएको थियो । मन्त्री हेरफेरले अस्थिरताको सन्देश जाने भन्दै १० जनाले पार्टी अध्यक्ष नेपाललाई पत्र नै लेखेर मन्त्री हेरफेरको निर्णयको विरोध गरे । १० जना मध्ये ६ जना हस्ताक्षर फिर्ता लिए । अनेक तिकडम र मन्त्री हेरफेर रोक्ने प्रयासका बाबजुद तीन साता पछि भए पनि एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बाध्य भए ।

निर्णय आएको तीन सातापछि प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्री हेरफेर गरे । जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका छन् ।

रुँदै बाहिरिइन झाँक्री

सहरी विकास मन्त्रीको शपथ लिँदै गर्दा उन्मुक्त हाँसोका कारण चर्चामा आएकी रामकुमारी झाँक्री सरकार छाड्दै गर्दा आँसु खसालिन । उनको स्वभावजन्य प्रवृति रूपमा कतिपयले लिए पनि झाँक्रीको आँसुले चर्चा पाएको छ । उनले ८ महिना २० दिन काम गरिन् । यो अवधिमा उनले आगामी आर्थिक वर्षको लागि मन्त्रालयको लागि योजना बनाएर त्यसअनुसार बजेट समेत पारेकी छन् । संसद्मा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिएर उनी मन्त्रालयबाट बिदा भएकी छन् ।

आलेले गरे स्वमूल्याङ्कन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट बाहिरिँदै गर्दा प्रेमबहादुर आलेले आफ्नो मूल्याङ्कन आफैँ गरेका छन् । उनका अनुसार उनी ९० प्रतिशत सफल भए । आफैँबारे उनी भन्छन्, ‘मैले एक्सन मन्त्रीको उपमा पाएँ । मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४