Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायिका दिलमाया सुनार मृत भेटिइन्, “एकजना पक्राउ”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १२ २०७९
  • 5.2K
    SHARES

©नमुना दहाल कार्की

काठमाडौं । आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले आज माग गरेका छन् । उनीहरुले सुनारको मृत्युलाई लिएर थप रहस्यहरु बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै बालाजु प्रहरी वृत्तमा दबाब दिएका छन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमाल सहितको टोलिले घटनाबारे निष्पक्ष र सत्यतथ्य अनुसन्धान हुनुपर्ने आफूहरुको माग रहेको बताएका छन् । झण्डै डेढ सय लोकदोहोरी कलाकारहरु अहिले बालाजु चौकीमा भेला भएका छन् ।

उनका अनुसार मृतक सुनारको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरिरहेको छ । बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जाहेरीपछि अनुसन्धान अघि बढ्ने बताएका छन्  । ‘हामीले घटनाबारे बुझ्ने काम गरिरहेका छौं । उहाँको परिवारसँग कुराकानी र जाहेरीपछि हामी घटनाबारे सार्वजनिक गर्छौं,’ उनले भनेका छन् ।

दिलमायाका परिवार सुर्खेतबाट आजै काठमाडौंमा आइपुगेका छन् । दिलमाया सुनार सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् । प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत उनी उत्कृष्ट भएकी थिइन् ।

शुक्रबार राति १ बजे २० मिनेटमा दिलमायाको फेसबुकबाट सुसाइड नोटजस्तो लाग्ने स्टाटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।

प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहानै सूर्य दिलमायाको कोठामा पुगेको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४