Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्षा बाधक हुँदा नेपालको एशियाकप यात्रा समाप्त


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 4.3K
    SHARES

काठमाडौं । वर्षाका कारण नेपाल र युएईको खेल अवरुद्ध भएपछि युएई समूह विजेताको आधारमा फाइनलमा प्रवेश गर्दा नेपालको एशिया कप खेल्ने लक्ष्य समाप्त भएको छ ।

युएईलाई हराउँदै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न नपाउँदा युएई समूह चरणको नतिजाको आधारमा फाइनल प्रवेश गरेको हो ।

यस्तै एशियाकप छनोटको नेपालको यात्रा समाप्त भएको हो । समूह बीको उपविजेताको रूपमा समूह ‘ए’ विजेता युएईसँग नेपालले शुक्रबार फाइनल प्रवेशका लागि खेलेका थियो ।

मलेसियामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा समेट्दा युएईले नेपाल सामु ८२ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि अस्मिना कर्माचार्यले ५ विकेट लिँदा इन्दु बर्माले ३ तथा सीता रानामगरको नाममा २ विकेट रह्यो ।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा ओपनर ईशा रोहित १५ रन जोड्न सफल भइन् । यसैगरी कप्तान छाया मुघलले १४ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहेपनि वर्षाका कारण नेपाललाई त्यो मौका मिलेन । पहिला पनि वर्षाका कारण ३० मिनेट ढिला गरी शुरु भएको खेललाई फेरि वर्षाले प्रभाव पारेपछि युएईलाई भाग्यले साथ दिएको हो ।

खेल रद्ध भए पनि नेपालका लागि ५ विकेट लिएकी अस्मिना कर्माचार्य प्लेयर अफ दी म्याच बनिन् । यसपछिको अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिष्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४