Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिमा भीम रावलले भने- संविधानकाे रक्षा गर्ने भनेपछि देउवालाई प्रधानमन्त्री बनाउँदा मैले पनि सही गरेकाे हुँ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 2.8K
    SHARES

काठमाडाैँ । नेकपा [एमाले] का सांसद भीमबहादुर रावलले संसद्काे अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुपस्थितिकाे विषयलाई लिएर ‘खेद प्रस्ताव’ पारित गर्न प्रस्ताव गरेका छन् ।

आइतबार बिहान बसेकाे समितिकाे बैठकमा उनले भनेका छन्, ‘याे उत्तरदायी प्रणाली हाे भने खेद प्रस्ताव पारित गराैँ । यस्ताे कहीँ हुन्छ ? हिजो लोकतन्त्र खतरामा पर्‍याे भनेर प्रधानमन्त्री बन्नुभएको हो शेरबहादुरजी । यही हो त लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला । उहाँ अनुपस्थित हुनु भनेको हिजैकै गतल कार्यको निरन्तरता भएन र ? यहाँ सांसदहरूले अपमान नभनौँ भन्नू भो, म त भन्छु यो खेदजनक छ खेद प्रस्ताव पारित गराैँ । अहिलेको प्रणालीको रक्षा गर्ने सबैभन्दा ठूलो दायित्व प्रधानमन्त्रीको हो । संविधान बचाउन भनेर प्रधानमन्त्री बन्नुभएको होइन ?

उनले देउवा प्रधानमनत्री देउवा प्रधानमन्त्री बनाउन आफूले पनि हस्ताक्षर गरेकाे बताए । संविधानकाे रक्षा गर्ने भनेपछि आफूले पनि हस्ताक्षर गरेकाे उल्ले गर्दै भनेका छन्, ‘संविधानकाे रक्षा भनेपछि मैले पनि हस्ताक्षर गरेकाे हाेइन र ? हिजाे शेरबहादुरजीलाई प्रधानमन्त्री बनाइयाे । यही त संविधानप्रतिकाे उत्तरदायित्व ? मैले गरेकाे हस्ताक्षरकाे इतिहासले मूल्याङ्कन गर्ला ।’

‘अमेरिकालाई पत्र किन नलेखेकाे ?’

उनले एसपीपी लिन्नाैँ भनेर अमेरिकालाई पत्र लेख्नुपर्ने माग गर्दै आएका छन् । तर, अहिलेसम्म पत्र लेखिएकाे छैन । यसपछि रावलले किन नलेखेकाे भन्दै सरकारलाई प्रश्न गरेका छन् । ‘एसपीपीबारे प्रधानमन्त्रीकै जवाफ माग गरिरहेका छाैँ । जवाफ दिन आउन पर्दैन ? नआउँदा आशङ्का भइहाल्छ । अब उहाँलाई आज यो समितिबाट उहाँलाई एसपीपीमा संलग्न हुन्नाैँ, छैनाैँ भनेर पत्र लेख्नुपर्छ ।

अहिलेसम्म किन अमेरिकालाई पत्र नलेखेको ? समितिमा पनि नआउने पत्र पनि नलेख्ने, आशङ्का जन्मिँदैन त ? आज प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नाैँ भनेर पत्र लेख्न निर्देशन जारी गराैँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४