काठमाडौँ / वरिष्ठ कलाकार, संगीतकार / गायक स्वर्गीय जय नन्द लामाको अन्तिम चलचित्र “अभियानको” ट्रेलर सार्वजनिक भएको छ।
जस्मा मुख्य पात्रको रूपमा नायक तथा राष्ट्रिय संगीत कर्मी संघ रसुवाको अध्यक्ष दावा फिन्जो तामाङले गरेको छन भने नायिका तथा मिसेस तामाङ श्याम माया तामाङका साथमा रश्मीला तामाङ ,अमर तामाङ ,रितेस जङ्ग, दिनेश कोइराला ,पुजा तामाङ, दिनेश तामाङ , मदन राई, गज्मान घिसिङ तामाङ लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको पाइन्छ।
यस् चलचित्र राजनीति धारमा बनेको र यसको द्वन्द भने राजेश लेप्चाले गरेको छन ! कथा पटकथा निर्देशन लाख मान योन्जनले गरेको र उनकै दुई छोरा सुमन योन्जनले छायांकनमा सघाएका छन् अनि इडिटर हेमन्त योन्जनले गरेको निर्देशक तामाङले जन प्रहारलाई जानकारी दिनु भएको हो।
चलचित्र छायांकनको क्रममा पुर्वी भेग झापा इलाम तेह्रथुम धनकुटा धरान इटहरी उदयपुरमा दु:खले भएको पनि तामाङले बताउँछन् वरिष्ठ कलाकार स्वर्गीय जय नन्द लामाले छायांकनकै क्रममा सायदै मेरो अन्तिम फिल्म यहि हुन्छ होला भनेर रमाइलो गरेको कुराले अहिले मन थाम्न नसकेको कुरा पनि खुलासा गर्नु भयो।
जुन शब्द ताजा नै लाग्छ भनेर चलचित्र निर्देशक लाख मान योन्जन र नायक दावा फिन्जो तामाङ नायिका श्याम माया तामाङ नायिका रश्मिला तामाङ समेत भाबुक हुँदै भने अब नेपाली चलचित्र क्षेत्रमा उहाँ जस्तो कलाकार पाउन गाह्रो छ कलाकार अमर तामाङले भन्नू भयो साथै यस् “अभियान” चलचित्रको पोस्टर र ट्रेलर हिजो सार्वजनिक भए संगै पत्रकार सम्मेलन इटहरीमा भएको थियो।
उक्त पत्रकार सम्मेलनमा उपस्थित दर्शकहरुले भाबुक हुँदै फिल्मको प्रोमो निक्कै राम्रो रहेकोे तर स्वर्गीय जय नन्द लामाको अभिनयले रुवायो बन्दै हल बाट बाहिरिएका थिए ।
