Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसपीपीमा नयाँ ट्वीस्ट : सेनाले पठाएको पत्र सार्वजनिक, ओली थिए प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अक्टोबर २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए । तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।

उनी सन् २०१५ अक्टोबरमा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ । 

त्यतिबेला रक्षामन्त्रीको कार्यभार पनि ओलीले नै सम्हालेका थिए । सो पत्र सेनाले सरकारकै निर्देशानुसार लेखेको हो । ‘नेपाल सरकारको निर्देशन बमोजिम नेपालको लागि निकट भविष्यमा ‘नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसएसपी)’ स्थापनाको औपचारिक अनुरोध गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो’, पत्रमा भनिएको छ । 

ओलीभन्दा अघि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका थिए ।  

सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र पठाएको स्वीकार गरे । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।

पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा नभएको उनको भनाइ छ । 

के छ पत्रमा ?

 

 

मिति : २०७२ कार्तिक १० (२७ अक्टोबर २०१५)
महामहिम एलेना पी टेपलिज
राजदूत, संयुक्तराज्य अमेरिका
महाराजगञ्ज, काठमाण्डौं ।

विषय : नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम

१.नेपाल सरकारको निर्देशन बमोजिम नेपालको लागि निकट भविष्यमा ‘नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसएसपी)’ स्थापनाको औपचारिक अनुरोध गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो । 
२.सैन्य सीप तथा अनुभव आदानप्रदान गर्न, प्रतिरक्षा ज्ञान साझेदारी गर्न, साझेदारी क्षमता अभिवृद्धि गर्न र आपसी सुरक्षा सहयोगलाई अगाडि बढाउन यो कार्यक्रमले  दीर्घकालीन, स्थायी तथा आपसी फाइदाको सुरक्षा सम्बन्ध विकास गर्नेछ भन्ने बलियो विश्वास गरिएको छ । कार्यक्रमले विपद तयारी, संकट व्यवस्थापन, हवाई लजिष्टिक, महत्वपूर्ण पूर्वाधार र प्राकृतिक स्रोतको सुरक्षा, व्यवसायीकरण र अफिस/एनसीओ विकासजस्ता साझा रुचीको क्षेत्रमा सहयोग प्रदान गर्नसक्छ । 
३. नेपाली सेना यस अवसरमा काठमाडौंस्थित संयुक्तराज्य अमेरिकाको दूतावासलाई यो विषयमाथि उच्च ध्यान पुर्याउन पुनः अवगत गराउँछ । 

हस्ताक्षर
(राजेन्द्र क्षेत्री)
जनरल
चिफ अफ आर्मी स्टाफ, नेपाली सेना

बोधार्थ: 
नेपाल सरकार, 
रक्षा मन्त्रालय
सिंहदरबार, काठमाण्डौं । 

नेपाल सरकार 
परराष्ट्र मन्त्रालय

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४