Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिमा प्रधानसेनापतिले भने- ‘अमेरिकालाई सैन्य गठबन्धन हुँदैन भनेको छु’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको स्पष्ट पारेका हुन् ।

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’

भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए । ‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलिएको छ । त्यो सत्य हो सेनाले लेखेकै छ,’ प्रधानसेनापति शर्माले भने, ‘कस्तो अवस्थामा लेखिएको छ भने भूकम्प आएर २७ देशका सैनिक गैरसैनिक सहयोग गरेर आएका थिए । यो चिठी लेख्दैमा मिलिटरी अलाइन्स हुने कुरा लेखिएको छैन ।’

लेबनान हुँदै अमेरिका जान लागेका उनले यो मैत्रीपूर्ण भ्रमण भएकोसमेत बताए । ‘म भोलिबाट सोझै अमेरिका जान लागेको होइन । लेबनानमा भएको नेपाली सेनाको निरिक्षणका लागि जाँदै छु । त्यसपछि अमेरिका जाने छु,’ शर्माले भने, ‘अमेरिका भ्रमण अमेरिकी सेनासँगको सम्बन्ध सहयोग पुग्ने हिसाबले हुन लागेको हो । मैले सही गरेर गर्ने कुनै कार्यक्रम छैन । नेपाली सेनालाई तुरुन्तै केही दिने कार्यक्रम केही छैन । यो मैत्रीपूर्ण भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४