Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ : नामकरणबारे एमालेको सहजीकरण समितिले डा. कोइरालालाई भेट्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २ २०७९
  • 2.6K
    SHARES

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नाम सहजीकरण समितिले डा शेखर कोइरालालाई भेटेको छ । प्रदेश १ को नामकरणको बारेमा नेपाली कांग्रेसले सहयोग गर्नु पर्ने र यसै अधिवेशनबाट नाम टुङ्गो लगाउने बारेमा सहजीकरण भूमिका खेल्न नेकपा एमालेको सहजीकरण समितिले कोइरालासँग आग्रह गरेको थियो ।

नेकपा एमाले नामकरण सहजीकरण समितिको संयोजक हिक्मतकुमार कार्कीको नेतृत्वमा गएको टोलीमा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य जीवन घिमिरेले कोइरालालाई भेटेका थिए ।

भेटको क्रममा डा शेखर कोइरालाले सहमतिको आधारमा यसै अधिवेशनबाट नाम टुङ्गो लगाउने बारेमा आफूले भूमिका खेल्ने बताएको बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक राभण्डारीले जानकारी दिए । ‘नामको विषय यसै अधिवेशनबाट टुङ्गो लगाउने कुरा भएको छ,’ प्रमुख सचेतक  राजभण्डारीले भने, ‘उहाँले नेपाली कांग्रेस भित्र छलफल र सहजीकरण गर्ने भन्नुभएको छ ।’

नेकपा एमालेको सहजीकरण समितिले यस अघि नेपाली कांग्रेस संसदीय दलका नेता, प्रमुख सचेतकसँग छलफल गरिसकेको छ ।

त्यस्तै सरकारले नामकरणको सहजीकरणको लागि जिम्मेवारी दिइएको स्वास्थ्यमन्त्री तथा जसपाका संसदीय दलका नेता जयराम यादवसँग पनि एमालेको सहजीकरण समितिले छलफल गरेर नाम यसै अधिवेशनबाट ल्याउने बारेमा छलफल अघि बढाउने बारेमा छलफल गरेको थियो ।

प्रदेश १ सभामा बजेटमाथिका छलफल आजदेखि शुरु हुने छ । बजेटमाथिको छलफल सकिए लगत्तै प्रदेश १ मा नामकरणको विषयले प्रवेश पाउनसक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४