Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लज्जास्पद हारेपछि गोरखा कांग्रेसले भन्यो- लोकप्रिय मत आयो, अन्तर्घातले हार्‍यौँ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २ २०७९
  • 3.7K
    SHARES

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गोरखा कांग्रेस निकै लज्जास्पद हार्‍याे । ११ पालिकामध्ये ९ पालिका गुमाएको कांग्रेसले अघिल्लो स्थानीय निर्वाचनमा ९ पालिका जितेको थियो । चुनावको अघिल्लो दिनसम्म पनि गठबन्धन गर्ने वा नगर्ने टुङ्गो थिएन । नेतृत्वले समयमा निर्णय दिन नसक्दा उम्मेदवारहरु अलमलिएका थिए ।

कांग्रेस गोरखाले हारको कारण भने अन्तर्घातलाई लिएको छ । सोमबार र मंगलबार बसेको समीक्षा बैठकले अन्तर्घातकै कारण चुनाव हारेको निष्कर्ष निकालेको हो । यस्तै, मत भने लोकप्रिय आएको काँग्रेसको तर्क छ ।

पार्टीका उम्मेदवारविरुद्ध पार्टी भित्रका जिम्मेवार व्यक्तिले अन्तर्घातको काम गरेकोले पराजित हुनु परेको सभापति नन्दप्रसाद न्यौपानेले बताए । ‘पार्टी र उम्मेदवारका विरुद्ध काम भए । उनीहरूलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ,’ न्यौपानेले भने, ‘प्रमुख हारको कारण अन्तर्घात हो । अन्तर्घात गर्नेलाई विधान अनुसार कारबाही गर्छौँ ।’

पालिका प्रमुख तर्फ काँग्रेसको मत माओवादीको भन्दा ३ हजार ९ सय २७ मत कम छ । केही पालिकामा अन्य पार्टीहरुबीचको तालमेलका कारण पनि पराजित हुनुपरेको न्यौपानेले बताए ।

वडाध्यक्ष तर्फ भने माओवादीको भन्दा कांग्रेसले बढी मत पाएको छ । कांग्रेसले ४८ हजार २ सय १२ र माओवादीले ४७ हजार ५ सय ४२ मत पाएको हो । पालिका प्रमुख २ र उपप्रमुख ५ वटा कांग्रेसले जितेको छ । गोरखामा स्थानीय तहका ४ सय ८७ सिट मध्ये कांग्रेसले २ सय १६ र माओवादी केन्द्रले २ सय ५, एमालेले ५०, जनता समाजवादी पार्टीले १५ र एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४