Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीले औंल्यायो गठबन्धनभित्र ७ समस्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३१ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका दौरान सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेको छ ।

मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा गठबन्धनभित्र देखा परेका समस्याबारे स्पष्ट उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार गठबन्धन गर्न नै नचाहने, गठबन्धनको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमानदारीपूर्वक भोट नहाल्ने र गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने समस्या देखिएको उल्लेख छ ।

त्यस्तै गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर रहेको र गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्ने प्रवृत्ति रहेको निष्कर्ष अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी देखिएको बताइएको छ ।

यसैबीच, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ५ दलका बीच भएको चुनावी तालमेल असफल भएको बताउनुभएको छ । स्थायी कमिटीबाट बाहिरिने क्रममा सञ्चारकमीसँग कुराकानी गर्दै नेता खनालले तालमेल सम्मानजनक नभएकाले परिणाम पनि नआएको बताउनुभयो । मन्त्री फिर्ता बोलाउनेबारे यसअघि नै निर्णय भइसकेकोले थप छलफल आवश्यक नरहेको खनालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४