एजेन्सी । टी–२० सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि लगातार दोस्रो जित निकालेको छ ।
गएराति उडिसाको कटक स्डेडियममा भएको सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाउदै दश बल छँदै ओभरमा पूरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो । जितपछि ५ खेलको सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ ।
सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।