Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिदान पीएसजीको प्रशिक्षक बन्न सहमत !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २९ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । खेल सम्बन्धी स्पेनिस सञ्चार माध्यममा आएका समाचार अनुसार जिनेदिन जिदान फ्रेञ्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बन्न सहमत भएका छन् ।

स्पेनिस क्लव रियल मड्रिका पूर्व प्रशिक्षक जिदान ३ वर्षका लागि पीएसजीको प्रशिक्षक बन्न सहमत भएको खबर स्पेनिस अनलाइन मुण्डो डिप्रोटिभोले प्रकाशन गरेको छ ।

उसका अनुसार पीएसजीका कतारी मालिक तमिम बिन हमाद अल थानीसँग भेटेर जिदानले प्रशिक्षक बन्न सहमति जनाएका हुन् । तर यो महिनाभर अर्थात जुनभर सम्झौतामा हस्ताक्षर नहुने र यसको औपचारिक घोषणा पनि नगरिने मुण्डो डिप्रोटिभोमा उल्लेख छ ।

दोश्रो पटक रियल मड्रिडको प्रशिक्षक बनेका जिदानले पछिल्लो सिजनमा कुनै उपाधि जिताउन नसकेपछि दुई हप्ताअघि क्लब छाडेका थिए । यद्यपी उनको सम्झौता भने अझै ३ वर्षका लागि बाँकी थियो ।

उनले रियललाई दिएको त्यही बाँकी ३ वर्षको समय पीएसजीलाई दिन लागेका मुण्डो डिप्रोटिभोको दाबी छ । तर यो समाचार अन्य कुनै पनि सञ्चार माध्यमले पुष्टि गर्न सकेका छैनन् ।

पीएसजीले माउरिसिओ पोचिट्टिनोलाई हटाएर जिदानलाई प्रशिक्षक बनाउने हल्ला चलिरहेका बेला फ्रेञ्च राष्ट्रपति इमानुयल माक्रोनले जिदानलाई फ्रान्समा फर्कन र लिग वान् क्लबको प्रशिक्षक बन्न आग्रह गरेका थिए ।

रियल मड्रिडका लागि ३ पटक च्याम्पियन्स लिग जिताएका जिदानले फेञ्च क्लबलाई पनि त्यस्तै सफलता दिलाउन् भन्ने आफ्नो चाहना रहेको माक्रोनले बताएका थिए ।

इमानुयल माक्रोन र जिनेदिन जिदान ।

फ्रान्सलाई सन् १९९८ को विश्वकप र २००० को युरो कप फुटबल उपाधि जिताएका जितान सन् २०१६(१८ र २०१९(२१ सम्म रियल मड्रिडको प्रशिक्षक भए । प्रशिक्षकको पहिलो कार्यकालमा उनले रियललाई लगातार ३ सिजन च्याम्पियन्स लिगको उपाध जिताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४