Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम छैन : सांसद पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २५ २०७९
  • 6.4K
    SHARES

काठमाडौं । बागमती प्रदेशका सांसद रमेश पौडेलले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको उहाँको भनाइ छ ।

सांसद पौडेलले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाउनुभयो ।

सभासद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपद्जन्य कुरामाहरूमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्ची लगायत जोखिम स्थानका बासिन्दाहरु यसबाट त्रसित रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४