Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेठ २५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २५ २०७९
  • 3K
    SHARES

पञ्चाङ्ग
वि.सं. जेठ २५, २०७९ । ई.सं. ८ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । बुधबार ज्येष्ठ शुक्लपक्ष । तिथि- नवमी, २७:२७ बजे उप्रान्त दशमी । नक्षत्र- उत्तरफाल्गुनी, २४:२६ बजे उप्रान्त हस्त । योग- सिद्धि, २४:०६ बजे उप्रान्त व्यतीपात । करण- वालव १५:३७ बजेदेखि कौलव, २७:२७ बजे उप्रान्त वणिज । चन्द्रराशि सिंह । आनन्दादि योग प्रवर्द्ध । दिनमान ३४।२८ । सूर्योदय ५:१० । सूर्यास्त १८:५७ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आलस्य गर्ने बानीले समस्या निम्त्याउला। परिश्रमको फलमाथि अरूले दाबी गर्न सक्छन्। तर, मिहिनेत गर्दा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। विगतका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुपर्ला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदा उठाउन सकिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। उद्योग र कृषिमा केही समस्या देखापर्न सक्छन्। तापनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले उत्साह जगाउनेछ भने व्यापारमा पनि फाइदै हुनेछ। काम पूरा नभए पनि आंशिक सफलता मिल्नेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा विवाद आउन सक्छ। तापनि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। दिगो आम्दानी हुने काम हातपार्न सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लोकाचारका लागि अनिच्छित काममा जुट्नुपरे पनि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। समय दिन नसक्दा काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ने हुन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ। कामको चाप बढे पनि शुभचिन्तकहरूको साथ–सहयोग पाइनेछ। नपत्याएको कामले भने राम्रो फाइदा दिनेछ। खर्चिलो कामले अर्थअभाव निम्त्याउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य कामगर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्ने हुँदा सजग रहनुहोला। लगनशीलताले भविष्यका लागि विशेष काममा जग बसाउने मौका दिलाउनेछ। श्रमको पूरा मूल्य प्राप्त नभए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा कीर्तिमानी काम प्रारम्भ हुनेछ र आंशिक फाइदा पनि हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अधुरा काम समेत सम्पादन हुनेछन् भने विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। भाग्यले साथ दिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सफल भइनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। मनोरञ्जन तथा भौतिक सुविधाले पनि केही खर्च निम्त्याउला। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। तर असंयम व्यवहारले आलोचित बन्नुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४