Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाजपा नेताको विवादित अभिव्यक्ति : कतार र कुवेतले भारतसँग जनाए विरोध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २३ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता नुपुर शर्माले पैगम्बर मोहम्मदप्रति गरेको विवादास्पद टिप्पणीलाई लिएर कतार र कुवेतले विरोध जनाएका छन् ।

कतार र कुवेतले आ–आफ्नो विदेश मन्त्रालयमा भारतीय राजदूतहरुलाई बोलाएर विरोध प्रकट गरेका हुन् । कतारका विदेशमन्त्री सुल्तान विन साद अल मुराइखीले भारतीय राजदूतलाई औपचारिक पत्र दिएका थिए । विदेशमन्त्री मुराइखीले भारत सरकारले सार्वजनिक माफी र भाजपा नेताको अभिव्यक्तिको निन्दाको अपेक्षा पनि गरेको जानकारी गराएका थिए ।

त्यसपछि कतारस्थित भारतीय दूतावासका प्रवक्ताले अपमानजनक टिप्पणी गर्ने शर्मालाई पहिले नै कडा कारबाही गरिसकेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । भाजपाको राष्ट्रिय प्रवक्ता शर्माले विवादित अभिव्यक्ति दिएपछि भाजपाले उनलाई पार्टी सदस्यबाट समेत निलम्बन गरिसकेको छ । अर्का नेता नवीन कुमार जिन्दललाई पार्टीबाट निस्कासित गर्ने निर्णय भाजपाले गरेको छ ।

यसैबीच कुवेतको विदेश मन्त्रालयले पनि भारतीय राजदूतलाई बोलाएर नुपुर शर्माको अभिव्यक्तिप्रति औपचारिक रुपमा आफ्नो विरोध प्रकट गरेको थियो । कुवेतको विदेश मन्त्रालयका एशिया मामिलाका सहायक सचिवले पैम्बर मोहम्मदविरुद्ध भारतमा सत्तारुढ पार्टीका एक अधिकारीले दिएको बयानको कडा शव्दमा निन्दा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यही प्रकरणमा कतार र कुवेतको विरोधपछि अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशन (ओईसी) ले पनि भाजपाका नेताहरुको अभिव्यक्तिप्रति आपत्ती जनाएको छ ।

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा शर्माले पैगम्बर मोहम्मद र कुरानको नाम लिंदै अपमानजनक अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । त्यसपछि भाजपाले विज्ञप्ति जारी गर्दै सबै धर्मको सम्मान गर्ने र कुनै पनि धार्मिक महापुरुषको अपमानको कडा शब्दमा निन्दा गर्ने स्पष्टीकरण दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४