Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बस दुर्घटनामा घाइते भएकाको उपचारकाे व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाको उपचारकाे व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ ।

घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याएर उपचारको व्यवस्था गर्न गृहमन्त्रीले निर्देशन दिनुभएको हाे। आज (आइतबार) बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा परासी हुलाकी सडकखण्डको रोहीणी नदी पुलबाट यात्रुबहाक बस नदीमा खसेको थियो ।

जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ८ पुरुष र एक महिला गरि ९ जनाको मृत्यु भएको हाे। मृतकमध्ये ५ जनाको पहिचान खुलेको छ। बसका चालक निदाउँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४