Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवल उपमहानगर कार्यपालिकामा सत्ता गठबन्धनको दुई तिहाइ बहुमत


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २० २०७९
  • 3.4K
    SHARES

बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन विजयी भएको छ । ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै आठैजना उम्मेदवार गठबन्धनका विजयी भएका छन् ।

योसँगै बुटवल उपमहानगरको २९ सदस्यीय कार्यपालिकामा गठबन्धनको दुई तिहाइ बहुमत पुगेको छ । कार्यपालिकामा गठबन्धनका २३ जना र एमालेका ६ जना सदस्य रहेका छन् ।

बिहीबार भएको निर्वाचनबाट महिला सदस्यहरुमा हेमा थामी मगर, निलम गौतम, बसन्ती विक, राधा पौडेल र रिना भुसाल निर्वाचित भएका छन् । उनीहरु सबै नेपाली कांग्रेसका हुन् ।

दलित र अल्पसंख्यकतर्फ नेकपा एकीकृत समाजवादीका यमबहादुर सुनार, जनता समाजवादी पार्टीका सुनिता खड्लुक र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार निर्वाचित भएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

१९ वटा वडा रहेको बुटवलमा नेपाली कांग्रेसले नगर प्रमुखसहित ११ वटा वडामा वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले उपप्रमुखसहित ५ वटा वडाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र स्वतन्त्रले एक–एक वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४