Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यपहाडी राजमार्गमा काम सन्तोषजनक नभएपछि स्वच्छन्द-शंकरमाली जेभीलाई सोधियो स्पष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १८ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाले ठेकेदार कम्पनी स्वच्छन्द–शंकरमाली जेभीलाई स्पष्टीकरण सोधेको छ ।

हटिया–बुर्तिवाङ खण्ड निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

स्वच्छन्द–शंकरमाली जेभीको आधिकारिक प्रतिनिधि इ. हेमराज गुभाजु हुन् । आयोजनाले ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न भनेको छ ।

अन्यथा प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनी दिएको छ ।

ठेक्का अन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शंकरमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।

तर हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पशे भएको कार्यतालिका बमोजिम काम नभएको र काम सम्पन्न गर्ने तर्फ अग्रसर भएको नदेखिएपछि ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४