Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयकरको सीमा हेरफेर, अब तपाईंले कति कर तिर्नुपर्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १५ २०७९
  • 7.3K
    SHARES

काठमाडौं । सरकारले आयकरको सीमा परिवर्तन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मार्फत सरकारले पारिश्रमिकमा आधारित भएर आम्दानी गर्नेहरुको हकमा केही खुकुलो नीति अपनाएको हो ।

बजेटको नयाँ व्यवस्थाअनुसार तपाईंको आम्दानी कति छ ? र कति कर तिर्नुपर्छ ? यसरी हिसाव गर्नुहोस् ।

  • करको पहिलो सीमा

तपाई अविवाहित हुनुहुन्छ र वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म छ भने अहिलेसम्म तपाईंले एक प्रतिशत सामाजिक सुरक्षा करका लागि वार्षिक ४ हजार रुपैयाँ कर तिर्दै आउनुभएको छ । विवाहितले भने साढे ४ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर तिर्दै आएका छन् ।

बजेट वक्तव्यले १ प्रतिशत कर तिरेर हुने आम्दानीको सीमा अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख पुर्‍याएको छ । यदि तपाई अविवाहित हो भने वार्षिक ५ लाख रुपैयाँसम्म कमाउदा वार्षिक केवल ५ हजार कर तिरे पुग्छ । विवाहित हो भने ६ लाख रुपैयाँसम्म वार्षिक ६ हजार कर तिरे पुग्छ ।

  • करको दोस्रो सीमा

दोस्रो करको सीमा अविवाहितका लागि ७ लाख रुपैयाँसम्मको छ । तपाइको कमाई ५ लाख रुपैयाँभन्दा बढी छ भने ५ लाख रुपैयाँभन्दा जति बढी रकम आम्दानी हुन्छ, त्यसमा १० प्रतिशत कर लाग्छ ।

त्यो कर ५ लाख रुपैयाँमा होइन कि त्यस भन्दा बढी भएको रकममा मात्र लाग्ने हो । विवाहितको हकमा ६ लाख रुपैयाभन्दा माथि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर लाग्छ ।

  • करको तेस्रो सीमा

करको तेस्रो सीमा अविवाहितको हकमा ७ लाखभन्दा माथि १० लाख रुपैयाँसम्मको राखिएको छ । विवाहितको हकमा ८ लाखबाट ११ लाखसम्मको राखिएको छ । अविवाहितको आम्दानी वार्षिक ७ देखि १० लाख रुपैयाँ भएमा ७ लाख भन्दा माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ । विवाहितलाई ८ लाखदेखि माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ ।

  • करको चौथो सीमा

हालसम्म साढे ७ देखि थप १३ लाख रुपैयाँ वार्षिक आम्दानी भए बढेको रकममा ३० प्रतिशत कर लाग्थ्यो । त्यो दर यथावत अर्थात ३० प्रतिशत नै कायम छ । तर अब अविवाहितको हकमा १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्छ । विवाहितको हकमा ११ लाखभन्दा माथि २० लाखसम्मको आम्दानीमा ३० प्रतिशत कर लाग्छ ।

  • करको पाँचौ सीमा

वार्षिक २० लाख रुपैंयाभन्दा बढी रकम कमाउनेको हकमा तल्लो दायराका कर तिरेर माथिको हकमा ३६ प्रतिशत करको व्यवस्था थियो । यसपालि त्यो रकमको सीमा यथावत राखिएको छ तर कर छुट दिइएको छ । अब वार्षिक २० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरे २० प्रतिशत मात्रै कर तिर्नुपर्छ । वार्षिक २० लाखभन्दा बढी आर्जन गर्नेले यसपालिको बजेटबाट उल्लेख्य लाभ पाउने भएका छन् । यदि कर्मचारीहरुले बीमा गरेका छन् भने बार्षिक ४० हजार रुपैयाँसम्मको रकम आयकरबाट छुट पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४