Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कबड्डी ४ ले बनायो कीर्तिमान : २ करोड ९० लाख ग्रस ओपनिङ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १४ २०७९
  • 7.1K
    SHARES

काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो ।

यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । निर्माता मणिराम पोखरेलका अनुसार उक्त ओपनिङमा काठमाडौं र मोफसलको ओपनिङ हिस्सा झन्डै बराबर छ ।

प्रतिक्षित सिरिज भएकाले पनि फिल्मले बक्सअफिसमा डेढकरोड रुपैयाँभन्दा बढी अग्रिम टिकट बिक्रीको अर्को कीर्तिमान समेत राखेको थियो । शुक्रबार अकुपेन्सी करिब शतप्रतिशत रह्यो । मल्टिप्लेक्समात्र नभएर सिंगल स्क्रिन पनि पूर्ण अकुपेन्सीसहित संचालन भए ।

दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ । बिहानैदेखि हलमा दर्शकहरु भरिभराउ छन् । हल सञ्चालकहरुले कबड्डी चारको ओपनिङलाई नेपाली फिल्मको प्रदर्शन इतिहासमा अभूतपूर्व भएको बताए ।

चर्चित सिक्वेल, स्टारकास्ट, देशभर हल विस्तार हुनुजस्ता कारणले कबड्डी चारको ओपनिङ आक्रामक भएको जनाइएको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर अभिनित फिल्म अष्ट्रेलिया, बेलायत र अमेरिकामा पनि एकसाथ रिलिज भएको छ ।

रिलिजअघि नै लगानी सुनिश्चित गरिसकेको फिल्मले विदेशबाट मात्र २ करोड रुपैयाँ कमाइ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४