Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँचखाल नगरमा कार्यकक्ष विवाद, उप–प्रमुखको पदभारग्रहण रोकियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १३ २०७९
  • 4.9K
    SHARES

काभ्रे । कार्यकक्ष विवादले पाँचखाल नगरपालिकामा उप–प्रमुख सुर्यमाया दनुवारको पदभारग्रहण कार्यक्रम रोकिएको छ ।

बिहीबार शपथग्रहणपछि उप–प्रमुखले कार्यभार सम्हाल्ने कार्यक्रम भए पनि रातारात जनतासँग सहज पहुँच हन नसक्ने स्थानमा कार्यकक्ष सारिएको भन्दै पदभारग्रहण हुन सकेन ।

नगरप्रमुख महेश खरेल र कर्मचारीको मिलेमतोमा उप–प्रमुख दनुवारलाई जनतासँग कम पहुँच हुने स्थानमा सार्ने षड्यन्त्र गरिएको एमालेका कार्यकर्ताको आरोप छ ।

खरेल नेपाली कांग्रेस र दनुवार नेकपा एमालेबाट निर्वाचित हुन् । यसअघि नगरप्रमुख खरेल र निवर्तमान उपप्रमुख लक्ष्मी दनुवारको कार्यकक्ष सँगै राखिएको भए पनि अहिले भने उप–प्रमुखको कार्यकक्ष छुट्टै तेस्रो तलामा सारिएको छ ।

यसअघि दोस्रो तलामा रहेको निवर्तमान उप–प्रमुखको कार्यकक्ष भने अहिले बन्द छ । आफूले सुविधा नभइ सहजता खोजेको उहाँको भनाइ छ ।

हिजोका दिनसम्म त्यही कार्यकक्षबाट सेवा दिँदा समस्या नहुने तर, आफू निर्वाचित भएर आएपछि अचानक किन कार्यकक्ष सारियो भन्दै उप–प्रमुख दनुवारले आपत्ति जनाउनुभयो ।

यस्तै नेकपा एमाले पाँचखाल नगर कमिटीले विज्ञप्ति जारी गर्दै कार्यकक्ष सारिएकोमा खेद प्रकट गरेको छ ।

यता, पाँचखाल नगरपालिका प्रशासनले भने यसअघि नै उप–प्रमुखको कार्यकक्ष सार्ने तयारी गरे पनि विविध कारण सम्भव नभएको र अहिले सारिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४