Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि रोमालाई


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 6.7K
    SHARES

काठमाडौं । युरोपा कन्फरेन्स लिग फुटबलको पहिलो संस्करणको उपाधि इटालियन फुटबल क्लब ए.एस रोमाले जितेको छ ।

अल्बानियाको राजधानी तिरानामा बुधबार राति भएको फाइनल खेलमा नेदरल्याण्ड्सको फेयनुर्डलाई १–० ले हराउँदै रोमाले उपाधि जितेको हो ।

खेलमा रोमालाई विजयी गराउन निकोलो ज्यानियोलोले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै रोमाका प्रशिक्षक जोजे मौरिन्हो युरोपियन क्लब फुटबलमा सबै प्रतियोगिता जिताउने पहिलो प्रशिक्षक बनेका छन् । पोर्चुगिज प्रशिक्षक मौरिन्होले युएफाका चर्चित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिग जिताईसकेका छन् ।

युएफाले यसै सिजनबाट सुरु गरेको युरोपा कन्फरेन्स लिग युरोपको तेस्रो वरियताको प्रतियोगिता हो ।

च्याम्पियन्स लिग र युरोपा लिगमा छनौट नभएका टोलीहरुले कन्फरेन्स लिगमा सहभागिता जनाउन पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४