Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आदित्य नारायणले देखाए छोरीको पहिलो तस्वीर, भयो भाइरल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १० २०७९
  • 5.6K
    SHARES

एजेन्सी । बलीउड गायक एवं कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले आफ्नी छोरी तीन महिना पूरा भएपछि पहिलो तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

आदित्य र उनको श्रीमती श्वेता अग्रवालले ३ महिना अगाडी २४ फेब्रुअरी २०२२ मा छोरीलाई जन्म दिएका थिए । जन्मेदेखि नै उनीहरुले छोरीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिएनन् । ३ महिना पूरा भएपछि मात्रै आदित्यले आफ्नो छोरीको अनुहार सँगै नाम पनि सार्वजनिक गरेका छन् । आदितयले छोरीको नाम त्विषा नारायण झा राखेका छन्, त्विषाको अर्थ प्रकाश वा चमक हो ।

भारतीय सञ्चार माध्यमका अनुसार आदित्यले आफ्नी छोरीसँग फोटोसुट गराएका छन् । अहिले ति तस्वीरहरूले निकै चर्चा पाइरहेका छन् । आदित्यकी छोरीलाई उनका प्रशंसक र अन्य कलाकारहरूले तस्वीरमा प्रतिक्रिया दिँदै मायाको बर्षा गराएका छन् ।

आदित्य लोकप्रिय गायक उदित नारायण झा र दिपा झा का छोरा हुन् । आदित्य र श्वेताको विवाह सन् २०२० मा भएको थियो । आदित्यको पुख्र्यौली घर नेपालको सप्तरी जिल्लामा रहेको छ । अहिले भने उनी भारतको मुम्वइमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४