Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् निर्णय : दुई प्रहरी अधिकृतको बढुवा, ३३ करोड ऋणका लागि वार्ता टोली गठन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ९ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । सरकारले दुई प्रहरी अधिकृतलाई बढुवा गर्ने भएको छ ।

जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयल आयोजित पत्रकार सम्मेनलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसको जानकारी दिनुभएको हो ।

यस्तै बैठकले प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामालाई नेपाल प्रहरीअन्तर्गत जनपथ प्रहरी समूहको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि गरेको कार्कीले बताउनुभयो ।

त्यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई पुनः एकीककरण आयोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त ८६ करोडको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

साथै, विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने ३३ अर्ब ऋण सहायता सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

जेठ ६ गतेकै मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली बनाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै सरकारले निर्वाचनमा सहभागी सम्पूर्ण मतदातासँगै सहयाेग गर्ने कर्मचारी, सुरक्षा निकायलगायत सम्पूर्ण सराेकारवालालाई धन्यवाद दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४