Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेटमा चेन्नईमाथि राजस्थानको जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ७ २०७९
  • 4.6K
    SHARES

कामठमाडौं । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग खेलमा आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

शुक्रबार राती भएको खेलमा चेन्नईले दिएको १ सय ५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ। राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाएका छन्। चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिएका थिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन जोडेकाे छ । चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेलेका छन्। जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौँ स्थानमा रहेकाे छ। यसअघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन् । आईपीएलमा शनिबार एक मात्र खेल हुनेछ। खेल राति ७:४५ बजेदेखि सुरु हुनेछ।

मुम्बईमा हुने खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४