Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेष्ठ ३ गते मंगलबार, यस्तो छ पञ्चाङ्ग र तपाइको आजको राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३ २०७९
  • 3.2K
    SHARES

पञ्चाङ्ग
वि.सं. जेष्ठ ३ , २०७९ । ई.सं. १२ मे २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल उत्तरायण वसन्त । बिहीबार वैशाख शुक्लपक्ष । तिथि- एकादशी, १५:३२ बजे उप्रान्त द्वादशी । नक्षत्र- उत्तरफाल्गुनी, १६:४३ बजे उप्रान्त हस्त । योग- हर्षण, १५:२९ बजे उप्रान्त वज्र । करण- भद्रा १५:३२ बजेदेखि वव, २७:१५ बजे उप्रान्त तैतिल । चन्द्रराशि कन्या । आनन्दादि योग मातंग । दिनमान ३३।३० । सूर्योदय ५:१९ । सूर्यास्त १८:४३ । मोहिनीएकादशीव्रत ।

राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोग गर्नेहरू भने भेटिनेछन्। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्। आँटेको काम तत्काल बन्ने समय छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरूसँग प्रतिस्पर्धा गर्नुपरे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर पनि अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। तापनि समस्या दर्साएर सहयोगी फेला पार्न सकिनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो काममा जग बसाउने मौका छ। तर महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। बलजफ्ती गर्ने बानीले आफैंलाई समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउलान्। काममा बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापारमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू कमजोर हुनेछन्। करकापमा गरिएको निर्णयले पनि अन्तत: फाइदै हुनेछ। प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ। खर्च लागे पनि प्रयत्न गर्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम बन्नेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मेहनत गर्दा भाग्योन्नतिको समय छ। तर लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। पहिले शक्तिको धाक देखाउनेहरू पनि स्वत: निहुरिनेछन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४