Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंका थप आन्दोलन हिंसात्मक बनेपछि कर्फ्यू आदेश जारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २८ २०७९
  • 5.2K
    SHARES

काठमाडौं । श्रीलंकाली सरकारले देशमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश समेत दिएको छ ।

सरकारले देशमा सार्वजनिक सम्पत्ति लुटपाट गर्न खोज्न जो कोहीलाई गोली हान्न सक्नेसम्मको अधिकार श्रीलंकाली सेनालाई दिएको छ ।

यसैबीच, राजधानी कोलोम्बो लगायत अन्य शहरहरूमा दशौं हजार सेना, नौसेना, र वायु सेनाका कर्मचारी तैनाथ गरिएको छ ।

यसअघि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यू घोषणा गरेको केही घण्टामै कानुन परिवर्तन गरी सरकारका विरूद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यूको घोषणा गरेको थियो ।

कर्फ्यूका क्रममा पनि हिंसात्मक गतिविधि नरोकिएपछि गोली हान्न सक्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ । प्रदर्शनकारीले भने राष्ट्रपतिको राजीनामा नआएसम्म आन्दोलन जारी नै राख्ने जनाएका छन् ।

श्रीलंकामा केही दिनयता आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारण प्रधानमन्त्री महिन्दा राजपाक्षेले गत सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदर्शनकारीमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ । प्रदर्शनकै क्रममा सडकमा पार्किङमा राखिएका सवारीसाधन तालमा फालेर विरोध जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४