Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व हिन्दू परिषद् नेपालद्वारा अलौकीक कन्यापूजन समारोह सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 6.5K
    SHARES

राजाराम दास,

जनकपुरधाम, । श्री जानकी नवमीको पावन अवसरमा विश्व हिन्दू परिषद् नेपालले देशका विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । परिषद्ले विगतका वर्ष झै यस वर्ष पनि धनुषा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा अलौकीक कन्यापूजन समारोहको आयोजना गरेको छ ।

मंगलवार जनकपुरधाम–७ स्थित जानकी पतञ्जली योग साधना केन्द्रको प्राङ्गणमा आयोजित समारोहमा २५४ कन्याहरु (बालिका) को सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन मन्त्री श्री प्रल्हाद रेग्मी, विशिष्ट अतिथि प्रद्युम्न उपाध्याय, अतिथिहरु– पवन ठाकुर, सत्यनाराण ठाकुर, ओम प्रकाश सर्राफ, इ.प्रकाशचन्द्र साह, अंकेश्वर यादव, मनोहर साह एवं जिल्ला समतिका पदाधिकारी, कार्यकर्ता सहित स्थानीयवासीहरु समेतको उत्साहपूर्ण सहभागिता रहेको थियो । 

कार्यक्रममा विवाह पञ्चमीको अवसरमा परिषदद्वारा आयोजित सामूहिक विवाह समारोहमा ११ कन्याको कन्यादान गर्नुहुने काठमाण्डौ निवासी श्री सुनिल कुमार अग्रवाल लगायतका सहयोगीहरुको सम्मान समेत गरिएको थियो ।

विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित अलौकिक कन्या पूजन समारोहको मुख्य उद्देश्य समाजमा व्याप्त महिला हिँसा, भ्रुण हत्या एवं दाईजो प्रथा जस्ता कुरितीहरु उन्मूलन गरी समरस एवं सभ्य समाज निर्माण गर्नु रहेको छ । राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने परिषदका एक अधिकारीले जानकारी दिनु भयो ।

फोटो फ़ीचर :

 

 

 

 

 

 


 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४