Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावमा धाँधली हुनसक्छ, आँखा झिमिक्क नपार्नू : ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 11.5K
    SHARES

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली गरेर गठबन्धनले जुनसुकै हालतमा चुनाव जित्ने तयारीमा रहेको आरोप लगाएका छन् ।

गठबन्धन भोटले नभई धाँधली र मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्न लागि परेको उनको आरोप छ ।

पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘पशुपतिको मन्दिरमा पुग्नुअगाडि फूलपातीको टोकरी बाँदरले खोसेर लान्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ एकैचोटी ५ वटा बाँदर आउँछन् । त्यसकारण हामी सतर्क हुन जरुरी छ ।’

उनले गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्नसक्ने टिप्पणी गरेका छन् । ‘गठबन्धनल भोटले जित्ने होइन । अघिल्लो पलट भरतपुरमा हामीले हेरेका छौं । हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ, त्यही गर्छ,’ ओली भन्छन्, ‘त्यसैले हामी मतदानदेखि मतगणना नसकिँदासम्म ननिदाउने मात्रै होइन, आँखा झिमिक्क पनि गर्नु हुँदैन ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति पनि उनले प्रहार गर्न भ्याए । ‘एमालेको १५ वर्ष प्रमुख भएर रस चुसेर । एमालेको काँधमा चढेर प्रधानमन्त्री भएका एकजना भन्दै थिए, एमाले सिध्याउनै पर्छ । कांग्रेसलाई धम्क्याउँदै भन्दै थिए, घमण्ड नगरोस् नत्र केपी ओली जस्तै समाप्त होला । कांग्रेस केपी ओली जस्तो हुन्छ रे,’ ओलीले भने, ‘केपी ओली समाप्त भयो रे । उनी हलक्क बढे रे । त्यो रेकर्ड बैशाख ३० पछि पनि रहन्छ भन्ने कुरा तिनलाई हेक्का रहेनछ । भन्दिन चाहान्छु, परिणाम आएपछि देशमा को सकिएछ, र खत्तम भएछ परिणामले देखाउँछ ।’ यो गठबन्धन जनमत र संसदबाट नभई परमादेशबाट आएको उनले दोहोर्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४