Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३३ ओभरको खेलमा जिम्बावे ‘ए’ द्वारा नेपालसामु २१४ रनको लक्ष्य,


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 6.7K
    SHARES

काठमाडौं । पाहुना टोली जिम्बावे ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीयमा खेलमा नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको हो ।

मैदानमा पानी जमेकाले समयमै खेल शुरु नहुँदा खेललाई ३३ ओभरमा झारिएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको योगदान गरे ।

यस्तै, कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए । कप्तान टोनी मुन्योगाले २४ रन, सेफासले १६ रन, इनोसेन्ट कियाले १२ रन र लुक जोग्वीले १९ रन बनाए ।

नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

नेपालले अहिले ब्याटिङ गरिरहेको छ । तीन खेलको सिरिज १–१ को स्थितिमा रहेको छ ।

यसअघि भएको तीन खेलको एक दिवसीय क्रिकेटको सिरिज पनि १–१ मा टुंगिएको थियो । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४