Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हङकङमा आज नयाँ प्रशासककाे चयन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २५ २०७९
  • 10.1K
    SHARES

काठमाडौं । हङकङमा आज (आइतबार) नयाँ प्रशासकको चयन हुनेभएकाे छ ।

क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रुपमा चयन हुने लगभग निश्चित भएको हाे । ली एक मात्र उम्मेदवार रहेकाले उनी नयाँ प्रशासक बन्ने पक्का भएकाे छ । चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन ली लाई नयाँ प्रशासकको रुपमा ल्याउन लागेको टिप्पणी गरेको छ ।

बेइजिङका विश्वासपात्र ली सन् २०१९ मा हङकङमा भएकाे प्रजातन्त्र समर्थक आन्दोलनहरू दबाउन मुख्य भूमिका खेल्ने व्यक्ति भनेर चिनिएका छन । १५ सय जना सदस्य रहेको एउटा कमिटीले हङकङका प्रशासक चुन्ने प्रणाली रहेको छ । उक्त कमिटीमा लगभग सबै जना बेइजिङ समर्थक नै रहने गरेका छन। ली हङकङका पूर्व मुख्य सचिव हुन् भने प्रमुख प्रशासकपछि दोस्रो तहका उच्च अधिकारी पनि हुन् ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा भएको सहमति चीनले पालना नगरेको भन्ने गुनासोबीच झन् कट्टर चीन समर्थक हङकङको प्रमुख प्रशासक बन्ने भएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४