Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंक अफ काठमाण्डूका ग्राहकलाई रेस्टुरेन्टदेखि होटलसम्म ४५ प्रतिशत छुट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २३ २०७९
  • 6.2K
    SHARES

काठमाडौं । बैंक अफ काठमाण्डूले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई देशका विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ ।

देशभर रहेका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम, फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरूसँगको सम्झौतामा बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले छुट पाउने भएका हुन् ।

ग्राहकले विराटनगरको एयरपोर्ट चोकमा रहेको पर्पल हेज रेस्ट्रो एण्ड गार्डेनमा १५ प्रतिशत, झापा विर्तामोडको मीठो रेस्टुरेन्ट एण्ड थकाली किचेन र मिटिङ पोइन्ट रेस्टुरेन्ट एण्ड बारमा १० प्रतिशत छुट पाउनेछन् ।

यस्तै, चितवन सौराहको होटल अर्थ लाइट प्रालिमा २० प्रतिशत तथा ललितपुर ईमाडोलस्थित नोबेल होटल एण्ड स्वीमिङ कम्प्लेक्स, चिकेन स्टेशन र सोलमारी रस्ट्रो एण्ड मिटिङमा क्रमशः १०, १० र १५ प्रतिशत छुट पाउनेछन् ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत विर्तामोडको मेडिसिटी फार्मेसी, जनकपुरको रामजानकी अस्पताल र ईमाडोलको नमो मनकामना डेन्टल एण्ड क्लिनिकमा क्रमशः १०, १५ र २५ प्रतिशत छुटको व्यवस्था छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले विराटनगरको पिपलचोकमा रहेको तनाक्षा फेसन स्टुडियोमा १५ प्रतिशत र ढल्कोको सेप्स् फिटनेश जिममा ४५ प्रतिशतसम्मको छुट रहेको छ ।

छुट उपभोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४