Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर चर्चित युवती मृत भेटिइन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २३ २०७९
  • 6.3K
    SHARES

एजेन्सी । आफ्नो मिमले विश्वभर चर्चित भएकी एक अमेरिकी युवतीको शव उनको घरदेखि केही पर रहेको एक पार्कमा भेटिएको छ ।

अमेरिकाकी काइलिया पोशे नाम गरेकी ती युवती आफ्नो मिमका कारण विश्वभर निकै चर्चित थिइन् । काइलियाको १६ वर्षको उमेरमा मृत्यु भएको हो । काइलियाको शव उनको घर देखि केहि पर पार्कमा भेटिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । उनलाई सामाजिक सञ्जालमा ‘ग्रिनिङ गर्ल’ भनेर चिनिन्छ । उनी जीआईएफ भन्ने सामाजिक सञ्जालमा निकै चर्चित थिइन् ।

काइलियाले अमेरिकाको टि भी रियालिटी सिरिज ‘टडलर्स एण्ड टियारस’ मा सन् २००९ देखि २०१३ सम्म काम गरेकी थिइन् । उनको मृत्युको कारण भने आत्महत्या बताइएको छ । यद्यपि घटनाबारे अनुसन्धान भने भैरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वाशिङटन राज्य गस्ती सैनिक ज्याकब क्यानेटले गत सोमबार दिउँसो अमेरिकी समय अनुसार १ बजेर २० मिनेटमा वाशिङटनको बिर्च बे स्टेट पार्कका उनको शव भेटिएको थियो । उनको घरबाट ३० मिनेटको दुरीमा उनको शव भेटिएको थियो ।

बेलायती पत्रिका ‘द सन’ का अनुसार उनका परिवारले यो घटना बारे प्रहरीलाई जानकारी दिएका थिए । यसअघि उनको कार दुर्घटना भएको पनि बताइएको थियो । उनको मृत्युको खबर सबैभन्दा पहिला उनकी आमाले फेसबुक मार्फत दिएकी थिइन् । उनले भनेकी छन्, ‘मसँग कुनै शब्द वा बिचार छैन, एउटी सुन्दर केटी हामीबीचबाट गइसकेकी छन्, कृपया हामीलाई गोपनीयता दिनुहोस् किनकी हाम्रो छोरी सधैंको लागि गइसकेकी छन् ।’

काइलियाले यस वर्षको फेब्रुअरीमा मिस वाशिङटन टिन युएसए सौन्दर्य प्रतियोगितामा पनि भाग लिएकी थिइन् । उनलाई विश्वभर हासिरहने केटी अर्थात ग्रिनिङ गर्ल भनेर पनि चिनिन्थ्यो । उनी बालकदेखि बृद्धसम्म विश्वभर मिमका कारण चर्चित थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४