Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिड–१९ विरुद्धको खोपमा एचआईभी/एड्सको भाइरस !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २३ २०७९
  • 7.3K
    SHARES

वासिङ्टन । अमेरिकी सिनेटरले कोभिड–१९ विरुद्धको खोपले एड्स सार्न सक्ने आशंका व्यक्त गरेका छन् ।

विस्कोन्सिनका रिपब्लिकन सिनेटर रोन जाेन्सनले यस्तो आशंका व्यक्त गरेका हुन् । कोभिड विरुद्धको खोपले मानिसमा एड्स सार्न सक्ने दाबी गर्ने एक पुरुषलाई जवाफ दिँदै उनले भने, “तपाईंले भन्नुभएको सबै कुरा सत्य हुनसक्छ ।”

जाेन्सनले आफूलाई ‘अन्तर्राष्ट्रिय वकिल’ एवं ‘बाइडेन सरकारको एचआईभी मिसिएको खोपहरू दिएर अमेरिकी सेना नष्ट गर्ने प्रयास रोक्न खोजिरहेको समूहको अध्यक्ष’ बताउने टोड क्याल्लेन्डरसँग कुराकानीको क्रममा सो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

दक्षिणपन्थी भिडियो–सेयरिङ प्लेटफर्म रम्वलमा जाेन्सनसँग कुराकानी गर्दै क्याल्लेन्डरले पुनः कोभिड विरुद्धका विभिन्न खोपले प्रयोगकर्तालाई एड्स दिने गरेको र यसका लागि स्वास्थ्य अधिकारीहरूलाई जिम्मेवार ठहराउनुपर्ने बताएका छन् ।

क्याल्लेन्डरले भनेका छन्, “तपाईंको यहाँ एक सयजना भन्दा बढी डाक्टर छन्, उनीहरू सबैले ती खोपले एड्स निम्त्याउने बताउनेछन् । यद्यपि कुनै पनि प्रतिष्ठित डाक्टरले यस्तो कुनै दाबी गरेको छैन । उनीहरूले नियतवश नै मानिसहरूलाई एड्स सारिरहेका छन् ….. यो अपराधिक नियत हो ।”जाेन्सनले उनको कुरो सुनेर आश्चर्य प्रकट गरे । तर उनले खोपबारेमा क्याल्लेन्डरको झुठलाई विरोध गरेनन् । बरु उनले क्याल्लेन्डर र अन्य खोप विरोधीहरूले खोपहरूले मासिहरूलाई एचआईभी/एड्स दिइरहेको कुरालाई विश्वास दिलाउन निरन्तर रूपमा यस्ता अफवाह फैलाउनु पर्ने बताएका छन् ।

जाेन्सनले यस सम्बन्धमा राष्ट्रपतिका लागि प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फसी लगायत अन्य स्वास्थ्य अधिकारीहरूलाई अपराधी प्रमाणित गर्ने यो राम्रो उपाय भएको पनि बताए ।

जाेन्सनले थपे, “तपाईंले भन्नु भएको कुरा सही हुनसक्छ तर अहिले मानिसले खोपहरूलाई निकै सुरक्षित र प्रभावकारी ठानिरहेका छन् ।”

यस वर्ष पुनः चुनाव लड्न लागेका जाेन्सन सिनेटका अधिकांश दक्षिणपन्थी सदस्य मध्ये एक हुन् । उनले पशुलाई प्रयोग गरिने औषधि ‘इभरमेक्टिन’ लाई कोभिड विरुद्ध प्रयोग गर्न सक्ने कुरामा जोड दिएका थिए । तर यो औषधिको प्रभावकारिता सम्बन्धमा कुनै प्रमाण छैनन् ।

साथै उनले माउथवासले पनि अमेरिकामा मात्रै झण्डै दस लाख मानिसको ज्यान लिइसकेको कोभिडलाई पराजित गर्न सक्ने पनि बताएका थिए

प्लसबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४