Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘भुल भुलैया २’ मा कुन कलाकारको पारिश्रमिक कति ? कार्तिकको मात्रै १५ करोड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 7.2K
    SHARES

एजेन्सी । बलिउड फिल्म ‘भुल भुलैया २’ कमेडी र हरर फिल्म हो ।

निर्देशक अनिस बज्मीद्वारा निर्देशित यो फिल्ममा भूषण कुमार निर्माता रहेका छन् । फिल्ममा कार्तिक आर्यन, कियारा आडवाणी, तब्बु, राजपाल यादव र संजय मिश्रा मुख्य भुमिकामा रहेका छन् ।

यो फिल्मलाई सन् २०२० जुलाई ३१ मा सिनेमा हलहरूमा प्रर्दशन गर्ने भनिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म प्रर्दशन हुन सकेन । कार्तिक र कियारा जोडीलाई हेर्न उनका दर्शकहरू लामो समय देखि प्रतिक्षामा रहेका छन् । अब यो फिल्म २० मे २०२२ मा प्रर्दशन हुने भएको छ ।

फिल्म ‘भुल भुलैया २’ १४ वर्ष अघि आएको अक्षय कुमारद्वारा अभिनित सुपरहिट फिल्म भुल भुलैयाको दोस्रो भाग हो । भुल भुलैया २ लामो समयदेखि निकै चर्चामा रहेको छ हेरौं यो फिल्ममा कसले कति पारिश्रमिक लिए ?

कार्तिक आर्यन

कार्तिक आर्यन भुल भुलैया २ को मुख्य पात्र हुन । जसमा उनी रुहान रन्धावा अर्थात् रुह बाबाको भूमिकामा देखिने भएका छन् ।

रुह बाबाको भुमिका निभाउनका लागि उनलाई १५ करोड भारतीय रुपैयाँ दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कियारा आडवाणी

भुल भुलैया २ मार्फत कियारा र कार्तिकको जोडीले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

फिल्ममा कियाराले मंजुलकाको रोल निभाउनका लागि २ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।

तब्बु

बलिउडकी प्रख्यात अभिनेत्री मध्यकी एक अभिनेत्री तब्बु पनि यस फिल्मको हिस्सा बनेकी छिन् । फिल्ममा तब्बु कनिका शर्माको भूमिकामा देखिने भएकी छिन् ।

यस रोलको लागि उनले २ करोड भारतीय रुपैयाँ परिश्रमिक लिएकी छिन् ।

राजपाल यादव
बलिउडका कमेडी पात्रको रुपमा चिनिने राजपाल यादव पनि यस फिल्म मार्फत दर्शकहरूलाई हसाउने तयारीमा रहेका छन् ।

छोटा पंडितको भूमिकामा रहेका यादवलाई १ करोड २५ लाख परिश्रमिक दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

संजय मिश्रा

यस फिल्ममा मुख्य भूमिकामा रहेका अर्का कलाकार हुन संजय मिश्रा ।

संजयले यस फिल्ममा अभिनय गरे वापत ७० लाख भारतीय रुपैया लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४