Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको आक्रमण रोक्ने योजना छैन् : रुस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । रुसले आगामी हप्ता मे ९ सम्मपनि युद्धविराम गर्ने योजना नरहेको जनाएको छ । लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई युद्धविराम गर्न चर्को दवाव परेपनि तत्कालै त्यसको सम्भावना नरहेको जनाएको छ ।

मस्कोले हालसम्म युक्रेनसँग युद्धमा नरहेकाले आगामी दिनमा विशेष सैन्य अपरेसन जारी गर्ने जवाफ दिएको छ ।

यसअघि पश्चिमी मुलुकका अधिकारीहरूले भने यही मे ९ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धबिरामको संकेत गरेको बताएका थिए । तर मस्कोले भने सो दिन पुटिनले विशेष सैन्य कारवाहीको घोषणा गर्नसक्ने जनाएको थियो ।

रुसी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनमा जारी आक्रमण तत्कालै रोक्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । यता, रुसी अधिकारीहरूले भने युक्रेनमाथिको आक्रमणले देशलाई असैनिकीकरण र नाजीहरूको अन्त्य गर्न विशेष सैन्य अपरेसन सञ्चालन गरेको दावी गरेका छन् ।

युक्रेनी अधिकारीहरूले सहरका मुख्य सडकमा भग्नावशेष, शव र बिस्फोट नभएका बम तथा सैन्य सामग्रीहरू खाली गर्दै आएको बताएका छन् । रुसी सेनाले लामो समयदेखि आक्रमणलाई गरिरहँदा युक्रेनका सहरका विभिन्न संरचनाहरु भग्नावशेषमा परिणत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४