Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 10.8K
    SHARES

काठमाडौं । वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

बुधबार श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो ।

गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भुमिकामा देखिएकी छन् ।

गीत बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुवालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुवाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गरेका हुन् ।

गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन् । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताए ।

त्यस्तै अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताइन् । उनले भिडियोको सम्पादन र क्वालिटी (गुणस्तर) पनि अत्यन्त उत्कृष्ट रहेको बताइन् ।

कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२ औँ जन्मजयन्तीको शुभकामना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४