Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 6.4K
    SHARES

काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

उहाँकाअनुसार सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको छ । त्यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाईसशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

मन्त्री कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो ।

प्रवक्ता कार्कीले सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित दिव्तीय श्रेणीका तीन जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४