Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्पेनिस लिगको उपाधि रियल मड्रिडलाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 6.5K
    SHARES

काठमाडौं । रियल मड्रिडले किर्तीमानी ३५ औं पटक स्पेनिस लिग फुटबल ‘ला–लिगा’ को उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा इस्पानियोललाई ४–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

खेलमा रियललाई विजयी गराउन रोड्रिगोले दुई गोल गर्दा मार्को एसेन्सीयो र करिम बेन्जमाले एक एक गोल थपे ।

रोड्रिगोले खेलको ३३ औं मिनेटमा र ४३ औं मिनेटमा गोल गरेका थिए भने मार्कुस एसेन्सियोले ५५ औं मिनेटमा र करिम बेन्जमाले ८१ औं मिनेटमा गर्दै रियललाई ४–० को जित दिलाएका थिए ।

यो जितसँगै रियल मड्रिडले सिजनमा चार खेल खेल्न बाँकी छँदै उपाधि सुरक्षित गरेको हो । रियलले दोस्रो स्थानको सेभियासँग १७ अंकको अग्रता बनाएको छ ।

लिगमा ३४ खेलबाट रियल मड्रिडको ८१ अंक छ भने सेभियाको ६४ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ६३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, रियल मड्रिडका इटालीयन प्रशिक्षक कार्लो एन्सेलोटी युरापका शिर्ष पाँच देशमा लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

रियललाई स्पेनिस लिग जिताएका एन्सेलोटीले चेल्सीलाई इंग्लिस प्रिमियर लिग, एसी मिलानलाई इटालीयन सिरी ‘ए’, पेरिस सेन्ट जर्मेन (पि.एस.जी) लाई फ्रेन्च लिग र बायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगा जिताइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४