Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलमा झडप हुँदा एक जनाकाे मृत्यु, ४० घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १७ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि विवाद सुरु भएकोथियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो । इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा हान्न थालेपछि झडप भएको प्रहरीले जनाएकाे छ ।

करिब एक घण्टापछि स्थिति नियन्त्रणमा आएको थियो । झडपमा संग्लङ्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये दुई जना ढुंगा प्रहार गरेको र एक जनालाई भीडलाई उक्साएको आरोपमा पक्राउ गरिएकाे छ । साेही समयमा, प्यालेस्टिनी रेड क्रिसेन्ट आपतकालीन सेवाहरूले झडपमा ४० भन्दा बढी व्यक्ति घाइते भएको इजरायली प्रहरीले जनाएकाे छ ।

जसमध्ये २२ जना स्थानीय अस्पतालमा उपचारका लागि भर्ना भएका छन। अल अक्सा मस्जिद इस्लामको तेस्रो पवित्र स्थल हो। यो पहाडको टुप्पोमा बनाइएको छ । जुन यहुदीहरूको लागि सबै भन्दा पवित्र स्थल हो। सन् १९६७ को युद्धमा इजरायलले पूर्वी जेरुसेलम, अल-अक्सा र अन्य प्रमुख पवित्र स्थलहरू कब्जा गरेको थियो । प्यालेस्टाइनीहरू इजरायलले कब्जा गरेको शहरको पूर्वी भागलाई आफ्नो स्वतन्त्र देशको राजधानी बनाउन खाेजिरहेका छन ।

उनीहरूले वेस्ट बैंक, गाजा आदि ठाउँहरूलाई समावेश गरेर आफ्नै छुट्टै देश बनाउन चाहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४