Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 6.7K
    SHARES

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । राजस्थानले दिएको २२३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएपछि खेल १५ रनले हारेको हो ।

दिल्लीका लागि कप्तान ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७-३७ रन बनाए । त्यस्तै डेभिड वार्नरले २८, रोभमन पावेलले ३६ र श्रदुल ठाकुरले १० रन बनाए । त्यसैगरी राजस्थान रोयल्सका बलर प्रसिद्ध कृष्णले ३ विकेट लिए भने आर आश्विनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । राजस्थानका लागि यस आइपिएलमा तेस्रो सतक प्रहार गरेका जोस बटलरले ११६ रन बनाएका थिए । त्यसपछि देवदत्त पाडिकलले ५४ रन बनाए भने कप्तान सन्जु सामसनले अविजित ४६ रन बनाए ।

यो जितपछि राजस्थान रोयल्सले ७ खेलमा पाँचौँ जित हासिल गरेको छ र १० अंकसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको ७ खेलमा चौथो हारसहित ६ अंक रहेको छ र अंकतालिकामा छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४