Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमा देशले युक्रेनलाई थप हतियार सहयोग गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ७ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाएपछि अमेरिका लगायतका पश्चिमा देशले थप हतियार सहयोग गर्ने भएका छन् ।

अमेरिका र अन्य देशकाे मंगलबार भर्चुअल बैठकमा भएकाे कुराकानीमा किभलाई तोपखाना, ट्याङ्क विरोधी र वायु रक्षा सहायता पठाउने बाचा गरेका हुन् । रुसले देशको पूर्वमा नयाँ अभियान सुरु गरेपछि युक्रेनले आफूलाई रक्षा गर्न हतियारको आवश्यकता रहेको भन्दै सहयोगको आग्रह गरेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘डोनबासका लागि लडाई’को सुरुवात भएको बताएका छन । राष्ट्रपति जेलेन्स्कीले युक्रेनमाथि नो–फ्लाई जोनको विकल्पको रूपमा सोभियत निर्मित वायु रक्षा प्रणाली र लडाकु विमानका लागि अमेरिकालाई अपील गर्दै आएका छन । पूर्वी डोनबासमा रहेका लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा रूसले आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास स्वरुप आक्रमण जारी राखेको छ ।

पश्चिमी नेताहरूले युक्रेनका लागि थप सैन्य सहायताबारे छलफल गरिरहेको समयमा रुसले आक्रमणलाई तीब्र बनाएको थियो। बैठकपछि अमेरिकी रक्षा विभागले थप सैन्य विमान र विमानका पार्टपूर्जा युक्रेनलाई सहयोग गर्ने बताएको छ । बैठकमा अन्य देशले पनि युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बेलायत, जर्मनी र चेक गणतन्त्रले युक्रेनलाई हतियार निर्माताबाट एन्टि–ट्याङ्क हतियार र गोला बारुद किन्न थप आर्थिक सहयोग दिने र युक्रेनी ट्याङ्क र सशस्त्र सवारी साधनलाई युद्धमा क्षति पुग्दा मर्मत गर्ने बताइएको छ ।

अमेरिका र अन्य देशकाे भर्चुअल बैठकमा रूसविरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउने एजेन्डामा पनि छलफल भएको जनाइएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४