Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएल : दिल्लीको टिममा देखियो कोरोना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ५ २०७९
  • 5.6K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी–२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ ।

हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो ।

त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । पहिलो पटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो ।

अब, उनीसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हो । उनको नाम भने सार्वजनिक गरिएको छैन ।दिल्लीले आफ्नो खेल पञ्जाब किंग्सविरुद्ध खेल्दैछ ।

खेलअघि टिम पुणे पुग्नु पर्ने भए पनि अहिलेसम्म होटलमै छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।

जारी आईपीएलमा दिल्लीले पाँच खेल खेल्दा दुई जित र तीन हारका साथ चार अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा ६ खेल खेल्दै १२ अंक जोडेको गुजरात टाइटन्स शीर्षस्थानमा छ ।

अघिल्लो सिजनको आईपीएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (यूएई)मा सारिएको थियो । भारतमा बन्द रंगशालामा गराउँदा समेत कोरोना संक्रमण देखिन थालेपछि खेल यूएईमा सारिएको हो ।

प्रतियोगिता अन्तर्गत आज (सोमबार) एक खेल हुँदैछ । बेलुकी हुने खेलमा राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४