Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसारको सबैभन्दा ठूलो मुख भएकी यी महिलाले बनाइन अनौठो रेकर्ड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 6.9K
    SHARES

एजेन्सी । अमेरिकाकी एक महिला आफ्नो मुख ठूलो भएका कारण सामाजिक संजालमा निकै भाइरल भएकी छिन् ।

उनले आफ्नो मुख ठूलो भएका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम पनि लेखाएकी छिन् । अमेरिकाको कनेक्टिकट राज्यको स्ट्यामफोर्ड निवासी ३२ वर्षीयाा समांथा राम्सडेलले आफ्नो मुख सबै भन्दा धेरै ठूलो पारेर खोल्न सक्ने दावी गर्छिन् ।

उनी आफ्नो जीवनसँग सम्बन्धित सम्पुर्ण कुराहरूलाई सामाजिक सञ्जाल मार्फत सेयर गर्ने गर्छिन् । उनी आफ्नो मुख यति ठूलो पारेर खोल्छिनकि जसले अरुलाई त्यसको कल्पना गर्न पनि असम्भव छ । त्यसैकारण उनस् सामाजिक संजालमा भाइरल भएकी हुन् । उनी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएर विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा चिनिएकी छिन् । रेकर्डका अनुसार उनको मुख ६ दशमलव ५२ सेन्टीमिटरसम्म खुल्न सक्छ ।

समांथा एक टिकटक स्टार हुन् । उनको टिकटकमा ३० लाख भन्दा बढी फलोअर्स रहेका छन् । गत वर्ष उनको नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो । त्यसैले यो कुरालाई प्रमाणित गर्न गिनीज बुक अफ वर्ल्ड रेकर्डको टोली समांथाको घर अमेरिका पुगेको थियो । त्यस समय गिनिजका आधिकारिक निर्णायक मण्डल पनि त्यहाँ उपस्थित थिए । अन्तर्राष्ट्रिय संचार माध्यमका डाक्टर एलके चेउङले डिजिटल क्यालिपरले समांथाको मुख नापेका थिए । सोहि अबधिमा टोलीले उनले मुख कति खोल्न सक्छिन् भनेर हेरेको थियो ।

बेलायती पत्रिका ‘डेलीमेल’ का अनुसार समांथाले गिनिज बुक अफ रेकर्डको उपाधि प्राप्त गर्नुअघि आफूले कुनैपनि शल्यक्रिया नगरेको प्रमाणित गर्नुपरेको थियो । समांथा आफ्नो मुखले गरेका विभिन्न कलाहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४