Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैशाख ४ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र तपाइको राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 6.2K
    SHARES

  • पञ्चाङ्ग

वि.सं. वैशाख ४, २०७८ । ई.सं. १७ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल उत्तरायण वसन्त । आइतबार वैशाख कृष्णपक्ष । तिथि- प्रतिपदा, २३:३१ बजे उप्रान्त द्वितिय । नक्षत्र- चित्रा, ८:१८ बजे उप्रान्त स्वाती । योग- वज्र, २५:२० बजे उप्रान्त सिद्धि । करण- वालव १२:२० बजेदेखि कौलव, २३:३१ बजे उप्रान्त वव । चन्द्रराशि तुला । आनन्दादि योग पद्म । दिनमान ३२।०३ । सूर्योदय ५:४० । सूर्यास्त १८:२९ । विशालनगरमा वैष्णवीदेवीयात्रा , ल.पु. मत्स्येन्द्रनाथस्नान (बुँगन्द्यहव ), भ.पु. छुमा गणेश यात्रा ।

राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ। आलस्य गर्ने बानीले पनि अलि पछि परिनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। भविष्यका लागि काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले लाभ हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। काम बने पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउला। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ। सोचेजस्तै सफलता पनि मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। तर आत्मविश्वासको कमीले काममा पछि परिनेछ। अरूको भरपर्दा काम पूरा नहुन सक्छ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काम थालनी हुन सक्छ। विभिन्न अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ। धनमाल सुरक्षामा सजगता अपनाउनुहोला।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा काम रोकिन सक्छ।

#हाम्रो नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४