Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नौ सय जनालाई १८ करोडको विभूषण वितरण निलम्बित प्रधानन्यायाधीश जबरालाई दिइएन विभूषण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २ २०७९
  • 4.5K
    SHARES

काठमाडाैँ । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विभूषण सरकारले रोकेको छ । पदीय दुरुपयोगको आरोपमा निलम्बनमा रहेकाले उनलाई सरकारले विभूषण नदिएको हो । बिहीबार अन्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण दिइए पनि जबरालाई भने कार्यक्रममा नै बोलाइएन ।

जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो । संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । जबराविरुद्ध १ फागुनमा संसद्मा महाभियोग दर्ता भएसँगै उनी निलम्बनमा छन् । निलम्बनमा भएसम्मका लागि उनको विभूषण स्थगन गर्ने निर्णय गत साता गृह मन्त्रालयले गरेको थियो । ‘राष्ट्रपतिज्यूबाट पनि त्यसमा चासो व्यक्त भएपछि स्थगितको निर्णय भएको हो,’ गृहका एक अधिकारीले भने, ‘अब महाभियोगको टुंगो नलागेसम्म विभूषण नदिने निर्णय भएको छ । उनलाई विभूषण कार्यक्रममा जाने पास नै नदिने निर्णय गृहले गरेको थियो ।

पदको दुरुपयोग गरेको आरोपमा गत १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । आगामी मंसिरमा अवकाश पाउन लागेका जबरामाथि छानबिन गर्न सिफारिस समितिसमेत बनिसकेको छ । तर, समितिको बैठक भने बस्न सकेको छैन । विभूषण दिने निर्णय गरेका व्यक्तिमाथि फौजदारी अभियोग लागेमा त्यस्तो विभूषण रद्द गर्न सकिने विभूषण नियमावलीमा प्रावधान छ ।

नौ सयजनालाई १८ करोडको विभूषण वितरण

यो वर्ष नौ सय ६ जनालाई विभूषण (मानपदवी, अलंकार र पदक) दिने निर्णय सरकारले गरेको थियो । त्यसमध्ये विभूषण राष्ट्रपतिबाट दिने प्रचलन छ । तर, कतिपयले विभूषणको छनोटमाथि प्रश्न उठाउँदै अस्वीकार गर्ने निर्णय गरेका छन् । यस वर्ष विभूषणमा राज्यकोषबाट करिब १८ करोड रुपैयाँ खर्च भएको छ ।

यस वर्ष सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई दिइएको छ । त्यस्तै, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव सुवर्णशमशेर राणा (मरणोपरान्त) र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन् ।

त्यस्तै, तेस्रो ठूलो महाउज्ज्वल राष्ट्रदीप चोलेन्द्रशमशेरसहित मोहनचन्द्र अधिकारी, मंगलादेवी सिंह (मरणोपरान्त), तुल्सीलाल अमात्य (मरणोपरान्त), दुर्गानन्द झा (मरणोपरान्त), नारायणगोपाल गुरुवाचार्य (मरणोपरान्त)लाई दिने निर्णय भएको थियो । अमात्यको हकमा विभूषण लिन कोही नगएको गृह मन्त्रालय स्रोत बताउँछ ।  नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४