Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वमा कोरोना संक्रमितको संख्या ५० करोड नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १ २०७९
  • 6.6K
    SHARES

काठमाडौं । विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड २१ लाख ५६ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना संक्रमितमध्ये हालसम्म ६२ लाख १४ हजार १०९ जनाको मृत्यु भइसकेको छ । हालसम्म ४५ करोड २४ लाख १८ हजार १०३ जना संक्रमित निको भइसकेका छन् ।

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

वल्डोमिटर्सका अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८ करोड २१ लाख ९२ हजार ८८० जनामा संक्रमण पुष्टि भएको भइसकेको छ ।

यस्तै, हालसम्म भारतमा ४ करोड ३० लाख ३९ हजार २३, ब्राजिलमा ३ करोड २ लाख १० हजार ८५३, फ्रान्समा २ करोड ७३ लाख १० हजार ५ र जर्मनीमा २ करोड ३१ लाख १६ हजार ४०२ जनालाई कोरोना संक्रमण भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ ।

कोरोनाका कारण ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण १० लाख १४ हजार ११४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा ५ लाख २१ हजार ७६७, ब्राजिलमा ६ लाख ६१ हजार ७१०, रुसमा ३ लाख ७२ हजार ५१२ र मेक्सिकोमा ३ लाख २३ हजार ८४८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४