Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलिउडको चर्चित जोडी बिवाह बन्धनमा वाँधिदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १ २०७९
  • 4.5K
    SHARES

एजेन्सी । बलिउडको सबैभन्दा चर्चित जोडी मानिएको रणवीर कपुर र आलिया भट्ट आज बिवाह बन्धनमा बाँधिदैछन् ।

महिनौंदेखि दुवैको विवाहको चर्चा चलिरहेको थियो । उनीहरुको बैवाहिक कार्यक्रमको शुरुवात भने बुधवारदेखि नै शुरु भएको हो । १३ अप्रिलमा दुबैको मेहन्दी कार्यक्रम रहेको थियो । जसमा करिना कपुर, करिश्मा कपुरदेखि पूजा भट्ट सम्म पुगेका थिए । दुवैको विवाहको तयारी पूरा भएको भारतीय संचार माध्यमले जनाएका छन् । बिवाहका लागि गीत संगितका कार्यक्रमहरु पनि तय गरिएको छ । यो विवाहमा फिल्मी क्षेत्रका धेरै कलाकारहरूको सहभागी हुनेछन् । बिवाहको सूचिमा धेरै ठुला कलाकार र फिल्म निर्देशकको नाम समावेश गरिएको छ ।

उनीहरुको बिवाह १४ या १५ अप्रिल कहिले हुने हो भन्ने एकिन भएको थिएन । यस अघि उनीहरुको विवाह १५ अप्रिलमा हुने भनेर भारतीय संचारमाध्यमले बताएका थिए । उनीहरुको बिवाह उत्सवमा भारतका धेरै सेलब्रिेटी कलाकारहरु उपस्थित भएका छन् । भारतीय संचार माध्यमका हेडलाइनहरु पनि यही विबाहको बारेमा लेखिएका छन् । यो जोडीको नाम ट्वीटरमा ट्रेन्डिङमा छ र सामाजिक सञ्जालमा उनीहरुको लागि शुभकामनाले भरिएको छ। उनीहरुका लाखौं प्रशंसकहरू विश्वभर छन्।

आलियाले आफुले सानै उमेरदेखि रणवीरलाई मन पराएको र बिवाह गर्न चाहेको कुरा बारम्बार मिडियामा गर्दै आइरहेकी थिइन् । उनीहरु बिवाह बन्धनमा बाँधिएको हेर्न प्रशंसकहरु लामो समयदेखि प्रतिक्षामा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४