Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १ २०७९
  • 6.5K
    SHARES

काठमाडौं । इंग्लिस फुटबल क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । हिलो लेगमा निकालेको १–० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले पाएका केहि अवसर गुमाएका थिए ।

उता पोर्चुगलको बेन्फिकामाथि समग्रमा ६–४ को जित निकाल्दै लिभरपुल पनि सेमिफाइनलमाप्रवेश गरेको हो । पहिलो लेगको खेल ३–१ ले जितेको लिभरपुलले बुधबार राति भएको दोस्रो लेगको खेलमा भने बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्यो ।

खेलको २१ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा बेन्फिकाका गोन्कालो रामोसले गोल गर्दै खेल बराबरीमा ल्याए । ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई पुनः २–१ को अग्रता दिलाए । ६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ को दिलाए । ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै बेन्फिकालाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि ८१ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गर्दै खेल ३–३ मा ल्याए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

बुधबार रातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा लिभरपुलले स्पेनको भियारियालको सामना गर्नेछ भने सिटीको भिडन्त स्पेनकै रियल मड्रिडसँग हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४