Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत ३० गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 7.9K
    SHARES

पञ्चाङ्ग
वि.सं. चैत ३०, २०७८ । ई.सं. १३ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल, उत्तरायण वसन्त । बुधबार चैत्र शुक्लपक्ष । तिथि- द्वादशी, २७:०४ बजे उप्रान्त त्रयोदशी । नक्षत्र- मघा, ७:४६ बजे उप्रान्त पूर्वफाल्गुनी । योग- गण्ड, ९:४४ बजे उप्रान्त वृद्धि । करण- वव १४:५९ बजेदेखि वालव, २७:०४ बजे उप्रान्त वव । चन्द्रराशि सिंह । आनन्दादि योग गद । दिनमान ३१।५१ । सूर्योदय ५:४३ । सूर्यास्त १८:२७ । नववर्षारम्भ, वैशाख संक्रान्ति , २०७९ प्रा. प्रदोषव्रत, भ.पु. विश्वध्वजपातन, टोखा सपन तिर्थस्नान, काठमाडौँ चम्पादेवी मेला ,(खायु सन्हु ),महावीर जयन्ती ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदा उठाउन सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। उद्योग र कृषिमा केही समस्या देखापर्न सक्छन्। तापनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले उत्साह जगाउनेछ भने व्यापारमा पनि फाइदै हुनेछ। काम पूरा नभए पनि आंशिक सफलता मिल्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा पनि फाइदा हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम बनाउन सकिनेछ। लगनशीलताले पछिलाई फाइदा दिलाउनेछ तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। खर्च लागे पनि दिगो काममा लगानी गर्ने मौका जुट्नेछ। लामो यात्रा गर्ने अवसर साइत पनि जुर्न सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मयोगको फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आफ्नो मिहिनेतमाथि अरूले दाबी गर्ने हुँदा सजग रहनुहोला। लगनशीलताले भविष्यका लागि विशेष काममा जग बसाउने मौका दिलाउनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। मिहिनेत गर्दा सम्मानित स्थान प्राप्त हुन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद रहनेछ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आलस्य गर्ने बानीले समस्या निम्त्याउला। परिश्रमको फलमाथि अरूले दाबी गर्न सक्छन्। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुपर्ला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेत गर्दा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने माैका छ।.

# हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४